२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु



अ+ अ-

काठमाडौं । सरकारले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसि बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतस्वरुप दशलाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजना अन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दाँया ९ मिटर बाँया ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरुलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बारगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्प रमण वाग्ले र  सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।