१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

‘एमालेले विगतका कुरा पूनर्विचार गर्न तयार भयो भने सहकार्य गर्न सकिन्छ’ : महासचिव गुरुङ

‘एमालेले विगतका कुरा पूनर्विचार गर्न तयार भयो भने सहकार्य गर्न सकिन्छ’ : महासचिव  गुरुङ
file
अ अ+ अ-

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का  महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने स्पष्ट पारेका छन् । उनले अहिले त्यसको लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको सुनाए ।

उनले मुलुकको राष्ट्रिय राजनीति अहिले जटिल मोडमा रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले माओवादी केन्द्रका नवनियुक्त महासचिव गुरुङलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिन आयोजना गरेको ‘विशेष साक्षात्कार’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिए ।

गुरुङले भने–‘निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचन समयमै अनि स्वतन्त्र र निश्पक्ष ढंगले गर्नुपर्ने आवश्यक छ । संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना गरेको छैन् । समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता छ । मुलुकको अगाडि जुनप्रकारको संटकहरु छन्, अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथि जुनखालको समस्या र संकटहरु छन्, आईपरेका छन्, तिनलाई सामना गर्नको लागि आन्तरिक रुपमा स्थिरता र स्थायित्वको जरुरी छ । राज्यका सबै अंगहरुलाई नियमित रुपमा निरन्तरतामा सञ्चालन गर्न आवश्यक छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलुकमा राजनीतिक स्थिरता र स्थायित्वको लागि दलहरुबीच सहमति र सहकार्यको खाँचो रहेको औंल्याए । उनले भने,‘निर्वाचनमा मैत्रीपूर्ण प्रतिष्पर्धा गरेर मुलुकमा स्वच्छ, निश्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन गर्नुपर्छ । सारमा सिष्टम रन गर्नको लागि सबै दलमा सहमति र सहकार्य हुनुपर्छ । सहमतिकै बाटो खोज्नुपर्ने आवश्यकत्ता छ । पाँच दलीय गठबन्धन पनि सहमतीय मोडेल हो । यो स्थितिमा सबै दलबीच सहमति जुटाउने दायित्व माओवादीको बढि छ । अहिले मुलुकमा प्राप्त परिवर्तनको पछि १० वर्षको जनयुद्धको योगदान छ । बृहत्त शान्ति सम्झौताको पनि उत्तिकै योगदान छ । यस्तो अवस्थमा सबै दलले अधिकतम लचकता अपनाएर जानुपर्छ ।’

महासचिव गुरुङले प्रचण्डको नेतृत्वमा एमालेसँग पनि सहकार्य गरिएको भन्दै नेकपाकालिन अवस्थाको स्मरण गराए । उनले भने,‘पछिल्लो समय वाम मोर्चा डेभ्लप गर्न सकिन्छ कि भनेर प्रयास भैरहेको छ, एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिन्छ । तर, वाम घटकमा संकीर्णता छ । त्यही भएर एकीकरण हुन सकिरहेको छैन् । गैरवाम घटकहरुलाई पनि सहमतिमा ल्याउन सक्यौं भने भनेमात्रै मुलुकको अस्मिता रक्षा गर्न सकिन्छ । यसरी अघि बढियो भने समाजवादी क्रान्तिको आधार तय गर्न सकिन्छ । नयाँ नेपालको रुपमा रुपान्तरण गर्न सकिन्छ । मुलुकसामू रहेका चूनौति सामना गर्न सबै दलबीच सहमति र सहकार्य गरेर जानुपर्छ ।’

उनले निर्वाचनको सन्दर्भमा सिट बाँडफाँडको विषयमा गठबन्धनभित्र छलफलत था परामर्श भैरहेको सुनाए । उनले भने,‘अहिले सिट बाँडफाँडबारे गठबन्धनमा गृहकार्य चलिरहेको छ । शीर्ष नेताहरुबीच पनि छलफल चलिरहेको छ । कार्यदलले पनि पर्याप्त होमवर्क गरेर काम गरेको छ । शीर्ष नेताहरुसँग अन्तरकुन्तर गृहकार्य चलिरहेको छ भनेर कार्यदलका संयोजक कृष्ण सिटौलाजीले भन्नुभएको छ । अब एकाध दिनमा गृहकार्य सकिन्छ । सिट बाँडफाँड टुँगोमा पुग्छ ।’

उनले निर्वाचनको लागि स्वच्छ, स्वतन्त्र र निश्पक्ष वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । चुनावमा निषेध गर्ने प्रवृत्ति नहोस भनेर स्वस्थ, र मैत्रीपूर्ण प्रतिष्पर्धालाई प्रोत्साहित गरिने उनको विश्वास छ । उनले भने,‘अब निर्वाचनको कार्यभार पूरा गर्नुछ । विचारको हिसाबले माओवादीले नेतृत्वदायी रुपमा अगुवाई गरिरहेको छ । मुलुकको स्वाधिनता र लोकतन्त्रको रक्षा गर्नको लागि दलहरुबीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता छ ।’

फरक प्रसँगमा उनले पार्टीका पदाधिकारी समावेशी नभएको स्विकारे । उनले भने,‘विकासको यात्रामा, कम्युष्निट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेवीको मुद्दामा अधिकतम रुपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौं । अहिले पदाधिकारीमा नमिलेको भएपनि तल्लो कमिटीबाट प्रक्रिया चलाईरहेका छौं । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेका छौं । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौं । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौं ।’

उनले कम्युनिष्ट पार्टीको निर्माण विचारको आधारमा निर्माण हुने कुरा उल्लेख गरे । अहिले आफूहरु त्यही यात्रामा रहेको उनको भनार्य छ । उनले भने,‘हामी त्यो यात्रामा छौं । समावेशिताको सवालको कुरा गर्दा, अझै त्यो विन्दुमा अहिले पुग्न सकिएन । कुनै जिल्लामा घनिभूत पनि हुँदोरहेछ । कतै नहुँदो रहेछ । यो विचारको कुरा हो । विचारको विकासको यात्रा भएको हुनाले समानुपातिक ढंगले नहुने रहेछ । निकट भविष्यमा क्रमशः यो पुर्याउने प्रक्रियामा रहेका छौं ।’

पार्टी निर्माणको प्रक्रिया विशुद्ध रुपमा विचारबाट निर्देशित हुने गुरुङको स्पष्टोक्ति थियो । उनले बेलायत र अमेरिकामा दुई दलभन्दा बढि किन विकास भएन ? भन्ने विषयपनि स्मरण गराएका थिए । उनले अहिलेको निर्वाचन प्रणालीले पनि गठबन्धनको आवश्यकत्ताबोध गरेको सुनाए । उनले भने,‘अहिले एमालेले राप्रपासँग गठबनधनको गरिरहेको छ। अहिलेको विधिले मुलुकको राजनीति गठबन्धनको दिशातर्फ लगिरहेको छ। गठबन्धनको मोडेलमा लगेको छ । हामीले यो निर्वाचन प्रणाली फष्ट पोष्ट दि पाष्टको प्रणाली बेठिक छ भनेर भनेका छौं । यसले एक प्रकारले आर्थिक चलखेल बढ्दै जान्छ । व्यापारी, ठेकेदार, दुई नम्बरी वालाहरु मात्रै चुनाव उठ्न सक्ने, साधारण मान्छेले चुनाव उठ्न नसक्ने अवस्था छ । संसद्मा रियल जनप्रतिनिधिहरु आउनेभन्दा पनि पैसाको चलखेल गर्नेहरु आउने देखिन्छ । समयक्रममा सुधार गर्नुपर्छ । अहिले स्थिरता र स्थायित्वको खाँचो छ ।’

उनले अहिले गठबन्धनमा आगामी निर्वाचनको लागि सिटको टुँगो नलागेको स्पष्ट पारे । उनले भने,‘अहिले सहकार्यमा जाँदाखेरि, अहिले नै सार्वजनिक मिडियामा सिटको दाबी गर्न मिल्दैन् । दलहरुको बीचमा यथार्थ अवस्था जे÷जस्तो छ, दलको पोजिसनको रेसियोमा, सिट विभाजन गरेर जाने कुरा उठेको छ । संख्याको बारेमा दलका नेताहरुले भनेपछि जानकारी गराउँछौं ।’

उनले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेद्धवार उठाउने सवालमा मापदण्ड तय गरिने सुनाए । उनले भने,‘हाम्रो दलको भागमा जे÷जति सिट पर्छ । अहिले उम्मेद्धवारको मापदण्ड बनाएका छैनौं । पार्टीमा खटिरहेका र दृढतापूर्वक लागेकाहरुलाई प्राथमिकता दिनुपर्छ । महिलाहरुलाई अधिकतम रुपमा सिट दिनुपर्छ ।

दलित, मधेशी, जनजातिलाई प्राथमिकता दिएका छौं । अब उम्मेद्धवार दोहोरिने र नदोहोरिनेको सवालमा, यही गर्नुपर्छ भन्ने छैन् । आवश्यकत्ताको अवस्था हेर्नुपर्छ । जिल्लाले उम्मेद्धवारको बारेमा प्रदेश पार्टीलाई सुझाव दिन्छ । प्रदेश पार्टीले निर्णय गर्छ । एक, दुई र तीन गरेर तीन जनाको नाम सिफारिश गर्छ । सोहीअनुसार पार्टीले निर्णय गर्छ ।’ उनले गठबन्धनमा सिट बाँडफाँड गर्दा स्पष्ट रुपमा मापदण्ड बनाईने पनि विश्वास दिलाए । उनले भने,‘हामी ग्राउण्ड रियालिटी पनि हेरौं । सिद्धान्तको आधारमा सिट तय गर्न जोड गरेका छौं । १/२ दिनमा सिट तय हुन्छ ।’