९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

महानगरकी उपप्रमुख डंगोलसँग अष्ट्रेलियाकी राजदूत भोल्कको भेट

महानगरकी उपप्रमुख डंगोलसँग अष्ट्रेलियाकी राजदूत भोल्कको भेट
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा भएको भेटका बेला समावेशी सहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि निमन्त्रणा गर्नुभएको छ ।

भेटका क्रममा उपप्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहरी व्यवस्थापन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सम्बन्ध स्थापना भएका नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिँदै उहाँले अष्ट्रेलियाको नगरहरुको व्यवस्थापनका अभ्यास र काठमाडौँको सांस्कृतिक गरिमा आपसी आदान प्रदानका विषय बन्न सक्ने बताउनुभयो ।

विकास र सम्पदा संरक्षणसँगै महिला, दलित, आदिबासी, अल्पसंख्यक तथा जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उपप्रमुख डंगोलले, योजना र प्रक्रियाबाट लक्ष्यमा पुग्ने प्रयास गरिरहेको बताउनुभयो । भेटका क्रममा राजदूत भोल्कले काठमाडौँ महानगरले समावेशी चरित्रको सहर निर्माणका लागि लिएको नीति, अघि सारेका कार्यक्रम, महिला ससक्तिकरण र नीतिगत तहमा महिलाहरुको नेतृत्वलगायतका विषयमा जिज्ञासाा राख्नुभएको थियो । त्यस्तै भगिनी सम्बन्ध भएका सहरहरुसँग गरिने क्रियाकलापका विषयमा पनि राजदूतको जिज्ञासा थियो ।

हामीले पेशागत अवसरका रुपमा नेपालका पालिका र प्रदेश तहबाट अधिकारीहरुको तालिमका लागि वित्तिय व्यवस्थापन, सार्वजनिक सेवा, शिक्षालगायत विषय प्रस्ताव गरेका छौँ । अष्ट्रेलियामा आउँदो बर्ष निर्वाचन हुने भएकोले त्यसलाई असर नहुने गरी कार्यक्रम आयोजना गर्दैछौँ । त्यसमा तपाईँ पनि आउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । राजदूतको भनाइ थियो ।

त्यस अवसरमा दूताबासका विकास प्रमुख कविथा कास्यानाथान, महानगरको अन्तराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख सुदर्शन भट्टराई, उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमलगायत पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।