९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु
अ अ+ अ-

बैतडी । बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्याइएकी विन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिनुभयो । आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ ।

अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले राससलाई बताउनुभयो । “लामो व्यथाले शिशुको गर्भ मै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् । मृतक शिशु छोरा रहेछ”, उहाँले भन्नुभयो ।

आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गर्नुभयो । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन चार घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तस्राब हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।