२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः न्युक्यासलसँग सिटीको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले न्युक्यासल युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

पाहुना टोली सिटीले खेलको पाँचौं मिनेटमा नै इल्काए गुन्डोवानको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बर्नाडो सिल्भाले उपलब्ध गराएको पासलाई उनले गोलमा परिणत गरे । यता, २८ औं मिनेटमा मिग्वेल अल्मिरनले गोल गर्दै न्युक्यासललाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, खेलको ३९ औँ मिनेटमा कालुम विल्सनले गोल गर्दै न्युक्यासललाई २–१ को स्थितीमा पुर्याए । ५४ औं मिनेटमा किएरन ट्रिपरले गोल गर्दै न्युक्यासलको अग्रता ३–१ पारे । उनले फ्रिकिकबाट सानदार गोल गरे ।

त्यसपछि सिटी खेलमा फर्कियो । ६० औं मिनेटमा एर्लिङ हालाण्डले गोल गरे । ६४ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीको स्थितीमा पुर्याए । बराबरीसँगै ३ खेलबाट ७ अंकसहित सिटी अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको न्युक्यासल ५ अंकसहित छैटौं स्थानमा छ ।