९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

‘संसदमा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’

‘संसदमा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’
अ अ+ अ-

काठमाडौँ । “संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो”, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसर पुगेर स्व गिरिप्रति श्रद्धाञ्जली दिँदै श्रद्धाभाव व्यक्त गर्नुभयो ।

समकालीन राजनीतिका अध्ययनशील र आदर्शवादी नेता गिरी राजनीतिमा प्रेरणाका स्रोत भएको नेकपा (एमाले) संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले बताउनुभयो । उहाँका अनुसार सांसद गिरी संसद्मा बोल्ने दिनमा सांसदको उपस्थिति पनि बढ्थ्यो ।

सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरीप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो । राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभई आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गर्नुभएका नेता गिरीको सैद्धान्तिक विचारका अनुयायीहरु समकालीन राजनीतिमा धेरै छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गिरी वास्तवमा निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्तिका रूपमा आफूले स्मरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरुलाई पनि समाजवाद पढाउनसक्ने क्षमतावान् व्यक्ति हुनुहुन्थ्यो ।”

उहाँले नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने गिरी जनतालाई हेरेर जनतासँग भिजेर उनीहरुको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा आफूले पाएको उल्लेख गर्नुभयो ।

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी पनि स्व गिरीको अभाव संसद्मा खड्किएको बताउनुहुन्छ । “संसद् चलिरहँदा सदन बाहिर, क्यान्टिनमा रहेका सांसद पनि उहाँ (स्व गिरी) को विचार सुन्न चाहनुहुन्थ्यो, त्यसकारण नेपालको राजनीतिक आन्दोलनमा उहाँको आवश्यकता खड्किरहनेछ र हामी सधैँ सम्झिरहनेछौँ ।” नेकपा (माओवादी केन्द्र) का सांसद सुवेदीले समाजवादी आन्दोलनका अगुवा गिरीको निधनले राज्यको परिवर्तनकारी आन्दोलनमा उहाँको अभाव सधै खड्किरहने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर कांग्रेसका संस्थापक नेता जननायक वीपी कोइरालाको दर्शनलाई कार्यान्वयन गर्ने नेता स्वर्गीय गिरी भएको बताउनुहुनछ । “स्व गिरीले नेपाली राजनीतिमा दिनुभएको विचारलाई आगाडि बढाउन सके पार्टी र देश दुवैलाई फाइदा पुग्छ”, उहाँले भन्नुभयो ।

लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गरी स्वदेश फर्कनुभएका नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवं प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कांग्रेस नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक समाजवादको व्याख्याताका रूपमा स्व गिरीले पहिचान बनाएको भन्दै उहाँको निधनले कांग्रेस र सिङ्गो देशलाई नै अपूरणीय क्षति भएको उल्लेख गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बहुआयामिक व्यक्तित्वका धनी स्वर्गीय गिरीमा अथाह ज्ञानको भण्डार रहेको बताउनुभयो । “उहाँको विचारले कांग्रेसलाई ऊर्जा मिल्थ्यो”, प्रवक्ता महतले भन्नुभयो, “स्व गिरी पार्टीभित्र देखेको लागेको कुरा स्पष्टसँग राख्नसक्ने प्रखर वक्ता हुनुहुन्थ्यो । गिरीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।”

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरूपमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चित हुनुहुन्थ्यो । उहाँँको निधनको खबरले सबैलाई दुखित तुल्याएको छ । उहाँमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भएको छ । आफूलाई गिरीको विचारको चिन्तक बताउने नीलाम्बर तिमल्सिनाले सबैलाई एउटै व्यवहार गर्ने सादगी नेता गिरी देश र समाजकै आदर्श व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पुग्नुभएका साहित्यकार धीरेन्द्र प्रेमर्शीले मनमा निश्चलता वाणीमा प्रवाह भएको प्रखर व्यक्तिका रूपमा गिरीलाई आफूले बुझेको बताउनुभयो ।

नेपाली कांग्रेसले दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन ९भदौ १६ गते० सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्वर्गारोहणको १३ औँ दिन ९भदौ १६ गते० मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवं बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो । उहाँ समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता हुनुहुन्थ्यो ।

उहाँ राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुहुन्थ्यो । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उहाँ हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ ।

नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनुभयो । सबै किसिमका निरङ्कुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहनुभयो ।

उहाँ कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय हुनुहुन्थ्यो । दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको कांग्रेसको ठहर छ । शनिबार राति निधन हुनुभएका गिरीको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसर र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

त्यहाँ प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस पदाधिकारी एवं सदस्यहरु, पार्टीका कार्यकर्ताहरु, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेपाल सरकारका मन्त्रीहरु, महान्यायाधिवक्ता, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै नेता गिरीप्रति श्रद्धाञ्जली दिन प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का नेताहरु भीमबहादुर रावल, प्रदीप ज्ञवाली, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारी, सांसदहरु, साहित्यकार, सञ्चारकर्मी सानेपा पुग्नुभएको थियो । रासस