२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार



अ+ अ-

क्वालालम्पुर । मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोनाभाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  

“मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ,” उहाँले भन्नुभयो । कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ ।

उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गर्नुभयो । मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजिनामा दिएपछि नयाँ सरकार गठन भएको हो । उहाँलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि उहाँले राजिनामा दिनुपरेको थियो । 

उहाँले राजिनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गर्नु भएको थियो । त्यसपछि विभिन्न दलहरुको समर्थनमा इजमेल साब्री याकोबले दाबी पेस गर्नु भएको थियो । उहाँलाई राजाले केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।




भर्खरै