११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता
अ अ+ अ-

कर्णाली । राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दलहरुले आगामीदलितको प्रतिनिधित्व गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिको अनुभव र कामको मूल्याङ्कन गर्दै माथिल्लो पदहरूमा पुग्ने वातावरण सिर्जना गर्ने, दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने, दलित जनप्रतिनिधिलाई बिना रोकटोक काम गर्ने वातावरण बनाउने, पार्टी कार्यकर्ताले जातीय विभेद गरेको पाइएमा दलीय र कानुनी दुवै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतापत्रमा नेपाली कांगे्रसका कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेकपा (माओवादी केन्द्र) दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पार्वती विक र नेकपा (एमाले) का प्रदेश सदस्य टेकेन्द्रकुमार बस्नेतले हस्ताक्षर गर्नुभयो । छलफलमा कांगे्रस प्रदेश उपसभापति सहकारीले पछाडि पारिएका दलित तथा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सबैको इमान्दार प्रयास आवश्यक पर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष थापाले स्थानीय सरकारमा दलित समुदायको सहभागिता आशालाग्दो भएको धारणा राख्नुभयो । अधिकारकर्मी वसन्त विकले संवैधानिक बाध्यताबाहेक राजनीतिक दलहरूले दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि चासो नदिएको गुनासो गर्नुभयो । कार्यक्रमका सहभागीले प्रमुख दलका नेताहरूको इच्छाशक्तिले मात्रै दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव हुने धारणा व्यक्त गरेका छन् ।