२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक



अ+ अ-

काठमाडौँ । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

नेता यादवले भन्नुभयो, “नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ । बैठक आजै टुङ्गिन्छ ।”

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयन लगायतका प्रस्तावमाथि नेताहरुले धारणा राखिरहनुभएको छ ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरुले धारणा राख्नुभएको जसपाले जनाएको छ ।