२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण भगवानप्रतिको श्रद्धाले हिंसाको सोच हराउँछ: गृहमन्त्री खाँण



file
अ+ अ-

ललितपुर । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो ।

विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो ।

उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो ।