९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

अष्टिम्की पर्व मनाउँदै थारु समुदाय

अष्टिम्की पर्व मनाउँदै थारु समुदाय
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का विश्राम चौधरी अष्टिम्की (कृष्ण जन्माअष्टमी) का लागि चित्र कोर्नमा व्यस्त छन् । उहाँले छ घरमा भगवान् श्रीकृष्णसहित मानव जातिको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोर्नुभएको छ ।

अझै धेरै घरमा चित्र कोर्नका लागि उहाँलाई निम्ता आएको छ । थारु समुदायमा अष्टिम्कीका अवसरमा घरघरमा पूजा गर्नका लागि परापूर्वकाल देखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ । कसैले परम्परागत तरिकाले तयार गरेको रङ र कसैले बजार बाट खरिद गरेर ल्याएको रङको प्रयोग गरी चित्र बनाउने गर्दछन । थारु समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिको जन्मेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको उहाँले बताउनुभयो । महिला पुरुष दुवै जनाले चित्र कोर्ने गरेका छन् ।

विशेष गरी बर्तालु महिलालाई चित्र बनाउनमा बेफुर्सदीला बनेका छन । “ब्रह्मा मुहर्तमा दर खाएपछि घरमा रहेको ब¥ही९बैठक० कोठमा बर्तालु थारु महिलाले आफ्नै हातले कान्हाअर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्दर्छांै ।”

चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रुखमा बसेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, बिच्छी, वासुकि नागलगायतका जलचर र थलचर प्राणीका चित्र बनाइने गरिन्छ । चित्र बनाउने बिच भागमा दुलही अनमाउँदा दुलहीलाई लैजाने डोलेसहितको डोलीको समेत चित्रका माध्यमले देखाउने गरिन्छ ।

अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको गीता चौधरीले बताउनुभयो । पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे उहाँले भन्नुभयो, “हाल पुरुषले समेत चित्र बनाउने गरेका छन् ।” सिलौटामा पिँधेको चामल, धानको भुुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङमा डुबाइ चित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङमा कुचीको प्रयोग गरी चित्र बनाइने गरिएको उहाँको भनाइ रहेको छ ।

सृष्टिको रचनादेखि मानव जातिलाई बाच्नका लागि आवश्यक पर्ने बस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारु समुदायको लोक चित्रकलाको निकै महत्व रहेको छ । थारु समुदाय प्रकृति पुजारीका रुपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुआत भएको दानसिंह दहित बताउनुहुन्छ ।

उहाँका अनुसार थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उहाँका अनुसार चित्रमा लगाइने रङको समेत आ–आफ्नै महत्व रहेको छ । कालो रङ शून्यताको प्रतीक, रातो रङ जीवनको उमङ्गता, हरियो रङ धैर्यताको प्रतीक, पहेँलो रङ बुद्धिमताको प्रतीक, खैयर रङ शरीरको संवेगात्मक अवस्थाको प्रतीक र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रुपमा लिइने गरिन्छ ।

थारु संस्कृतिका जानकारका अनुसार अष्टिम्कीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय रुवरुपहरुको प्रयोग गरिन्छ । थारु लोक चित्रकारले शिर र रोदनका लागि अण्डाकार शरीरका लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन् । यी चित्र सरल तरिका आकर्षकरुपमा बनाइने गरिन्छ । अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको कालुराम चौधरीले बताउनुभयो ।

पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा हुने गर्दछन् उहाँले भन्नुभयो, “ बर्तालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन् ।” अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण)को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चालमसहितको दियो बनाएर नदी तलाउमा विर्सजन गरी स्नान गरेर सबैजना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी बर्तालु महिलाले भोजन ग्रहण गर्दछन् ।