• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु ★   यी हुन् आईपीएलमा तहल्का पिट्ने खेलाडी जसले दक्षिण अफ्रिकाबाट टी–२० विश्वकप खेल्दैछन् ★   पृथ्वीराजमार्ग विस्तार: मुआब्जा बुझाइयो तर घर भत्काइएन ★   उत्कृष्ट कौशी खेती कृषकको खोजी गर्दै वडा कार्यालय ★   कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ

पाएको जिम्मेवारीलाई सदुपयोग गर्छु– प्रदीप हुमागाईं



file

काठमाडौँ । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने बताउनुभएको छ ।

आगामी असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता जनाउनुभएको हो । सातोदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पत्रकार सम्मेलनमा हुमागाईंले आफ्नो लागि नेपाली टोली सम्हाल्ने एक अवसर भएको भन्दै सुखद् नतिजाको लक्ष्य लिएको बताउनु भयो ।

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाउनुभएका हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा विवादबाट बाहिरिएका १० खेलाडीलाई पनि समेट्नुभएको छ । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले उनीहरुलाई स्थान दिनुभएको हो । बंगलादेशसँगको खेलमा जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताउँदै प्रशिक्षक हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादको बारेमा आपूm बोल्न आवश्यक नरहेको बताउनु भयो । उहाँले आफ्ना लागि सबै खेलाडी समान रहेको बताउँदै छिट्टै सानो आकारको टोली सार्वजनिक गर्ने समेत बताउनु भयो ।

बोलाइएका खेलाडी आजबाट एन्फामा उपस्थित हुन थालेका छन् । प्रशिक्षक हुमागाईंले शुक्रवारबाट अभ्यास गराउने बताउनुभएको छ । एएफसी ‘ए’ लाइसेन्स गर्नुभएका प्रशिक्षक हुमागाईंलाई नियुक्त गरेको विषयमा भने एन्फा प्रवक्ता सुरेस साहले प्रक्रियाबाटै नियुक्त गरेको बताउनु भयो ।

एन्फाले मुख्य प्रशिक्षक बिदामा भएको अवस्थामा अन्तरिम प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो । प्रवक्ता सुरेस साह मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रक्रियामा रहेको बताउनु भयो । प्रवक्ता आउने/नआउने विषयमा अहिले नै भन्न हतार हुने समेत बताउनु भयो ।

हुमागाईंको प्रशिक्षणमा नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपाली टोलीको जिम्मेवारी हेनर्का लागि अमेरिका बस्दै आउनुभएका हुमागाईं बुधबारमात्र नेपाल आईपुग्नुभएको थियो ।