९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो
अ अ+ अ-

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्रीय अभियानमा सक्रिय हुनुहुन्छ ।

अघिल्लो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टसित झिनो मतान्तरले पराजित भएका नेता लेखक यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी हुनुहुन्छ । बुधबार नेता लेखकले दोधारा चादँनी नगरपालिकाको वडास्तरमा नेता तथा कार्यकर्तालाई राखेर चुनाव केन्द्रीय अभियानमा हुँदा एमालेका सांसद डा भट्ट, सांसद निरु पाल लगायतका एमाले नेता पार्टी कार्यालय महेन्द्रनगरमा प्रशिक्षणमा व्यक्त हुनुहुन्थ्यो ।

तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कम्युनिष्ट पार्टी फुटेपछि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा जीत सहजै हासिल गर्ने दाउमा रहेको नेपाली कांग्रेसको मुख्य प्रतिस्प्रर्धी प्रतिपक्षी दल एमाले नै हो । हालसम्मको चर्चाअनुसार निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का नेत्री एवं पूर्वमन्त्री बिना मगर सत्ता गठबन्धनको साझा उम्मेदवार हुने र चुनावी जित्ने रणनीतिमा हुनुहुन्छ ।

यस्तै सो क्षेत्रमा संविधानसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता दिवान विष्ट सोही निर्वाचन क्षेत्रमा लड्ने अडान कार्यकर्तामाझ राख्दै आउनुभएको छ । कांग्रेस, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजावादी)ले भने यहाँ प्रतिनिधिसभामा भाग पाउने सम्भावना कम रहेको नेताको भनाइ छ । त्यो अवस्थामा समाजवादीले छ वटा प्रदेशसभा सदस्यमा बहुमत सदस्य माग गठबन्धनमा गर्ने समाजदावीका नेताको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको एकीकृत समाजवादी केही वडाध्यक्षमै समिति रहेको थियो । यसैगरी यहाँको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद निर्वाचन लक्षित कार्यक्रममा खटिनुभएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति हरिप्रसाद बोहराले पनि दाबी गर्न थाल्नुभएको छ ।

अघिल्लो पटक एमालेका नेता प्रतिनिधिसभा सदस्य नरबहादुर धामीसँग पराजित भएका कांग्रेस नेता साउद गठबन्धन भए भारी मतका साथ विजयी हुने नेताहरुको दाबी छ । एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उक्त क्षेत्रबाट धामी दोहोरिने चर्चा छ । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँडको टुङ्गो लागि नसकेको अवस्थामा माओवादी केन्द्र र समाजवादीका नेता भने निर्वाचन क्षेत्रमा खटिनसकेको अवस्था छ ।

कञ्चनपुरमा स्वतन्त्र उम्मेदवारी दिने विषय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा प्रचार गरिरहेका भए पनि निर्वाचन क्षेत्र केन्द्रीत भने देखिएका छैनन् । एमालेका पार्टी सचिव पल्लवराज भट्टले निर्वाचन केन्द्रीत प्रशिक्षण चलिरहेको बताउनुभयो । उहाँले पालिकास्तरमा पार्टी सुदृढीकरणलगायतका विषयमा जिल्लाभर कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । “केन्द्रको सर्कुलरअनुसार उम्मेदवार छनोट प्रक्रियामा लाग्छौँ”, सचिव भट्टले भन्नुभयो, “अहिले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ ।”

त्यसैगरी नेपाली कांग्रेसका उपसभापति मीनबहादुर सिंहले जिल्लामा नेता आ–आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै किसिमले सक्रिय रहेको बताउनुभयो । उहाँले आगामी भदौ १० बाट २४ गतेसम्म निर्वाचन क्षेत्र लक्षित देशव्यापी अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रको कार्यक्रमअनुसार यहाँ पनि निर्वाचन क्षेत्रमा घरदैलो लगायतका पार्टीका आधिकारीक कार्यक्रम सञ्चालन हुनेछन् ।”