२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सार्वजनिक गर्यो ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ । शनिबार केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेसंगै ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको हो ।

केन्द्रीय निर्वाचन समितिले नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची गरी पाँच जिल्लाको नामावली प्रकाशन गरिएसँगै नामावली प्रकाशित हुने जिल्लाको संख्या ५३ पुगेको छ ।

गएको बिहीबार ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरेको निर्वाचन समितिले शनिबार थप १० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको हो ।