२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो रिक्सालाई पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर नगरपालिका–२ लच्कामा आज बिहान ठक्कर दिँदा अटोमा सवार चारमध्ये तीन जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही–२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुङ्गेली मगर र अटो चालक रवि मगर रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

सोही घटनामा लुङ्गेलीकी श्रीमती सविना लुङ्गेली गम्भीर घाइते भएको तथा दुवै खुट्टामा चोट लागेकाले थप उपचारका लागि न्यूरो अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनापछि बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।