२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा जीप दुर्घटनाः पाँचको मृत्यु, चार घाइते



फाईल फोटो
अ+ अ-

काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको र अन्य घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको बताइएको छ ।