२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारि रहेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच जारी भेटवार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल भैरहेको स्रोतले बतायो । 

यसअघि नेकपा एकीकृत समाजावादीका अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ खनाल भारतबाट फर्केपछि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने बताएका थिए । देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाउँदा सर्वत्र आलोचना चुलिएको छ ।