२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेणुका साहको मुद्दाको आज सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । योग्यता नपुगेको भन्दै पदबाट बर्खास्तीमा पर्नुभएकी उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहको रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

न्यायपरिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ ।

उहाँले रिट निवेदनमा न्यायपरिषद्ले एक पटक कसैलाई योग्य ठानी न्यायाधीश नियुक्तिको सिफारिश गरिसकेपछि निजको योग्यता सम्बन्धमा स्वयं परिषद्ले उजुरी लिन नियमावलीको व्यवस्था प्रतिकूल हुने दाबी गर्नुभएको छ ।

सर्वोच्चले साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन २३ गते साहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो ।

आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउनसमेत भनिएको छ ।