९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा

बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा
फाईल फोटो
अ अ+ अ-

काभ्रेपलाञ्चोक । दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो ।

सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका (१० वर्षमुनिका कन्यालाई)लाई पुज्दै आएको छ । समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो । यस वर्षको कन्या–पूजा कृष्ण जन्माष्टमी अर्थात् भदौ ३ गते करिब आठ हजार कन्याको पूजा गरी मनाइने समितिले जनाएको हो ।

“कोरोना महमारीका कारण बितेका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित ग¥यौँ, यस वर्षदेखि कन्या–पूजा कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौँ”, समितिका अध्यक्ष रोमगोपाल कायस्थले भन्नुभयो । उहाँका अनुसार कोरोनाको जोखिम न्यून हुँदै गएकाले कन्या–पूजा कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो ।

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेको विभिन्न स्थानमा रजस्वला नभएका कन्या ९विशेषगरी १० वर्षमुनिका०लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको थियो । विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिँदै आइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लाको अन्य स्थानीय तहका बजार तथा बस्तीमा कन्या–पूजा गर्न थालिएको छ ।

इतिहासकारका अनुसार बनेपा नगरमा यो पूजाको इतिहास एक सय २० वर्ष पुरानो रहेको छ । बनेपामा वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजा नाम दिइएको एउटा टिकलवाला कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । हिजो मङ्गलबार आयोजना गरिएको उक्त पूजामा करिब दुई हजार कन्या पुजिएको छ ।

अर्को बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा बर्सेनि करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

सो दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ भक्तजनले दान–दक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।

पूजामा काभ्रेका मात्र नभई छिमेकी सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तजनको आउने–जाने प्रक्रिया चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । स्थानीय लम्बोदर कायस्थले रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको बताउनुभयो । पछिल्ला केही वर्षदेखि जिल्लाको धुलिखेल, पनौती, भैँसेपाटी, धनेश्वर, दाप्चा, साँगा, दोलालघाट, नालालगायत विभिन्न स्थानमा बर्सेनि १५ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याको लाममा देव–कन्या, नाग–कन्या, गन्धर्व–कन्या, किन्नर–कन्या र किच–कन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएका बताइन्छ । कन्याहरूको स्वागत एवं सम्मानका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापन समेत गर्छन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या–पूजा सुरु हुने गर्दछ ।

इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई सुरुका वर्षमा प्रचलनस्वरुप नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आइए पनि केही समयपछि सबै जातजातिका कन्यालाई समेत पुज्दै आइएको हो । रासस