२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै फिल्ममा १० फरक भूमिकामा देखा पर्दै कंगना



अ+ अ-

एजेन्सी । आउँदो वर्ष राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री कंगना रनावतको दुई एक्शन जनराको फिल्म रिलिज हुँदैछ । 

उक्त फिल्महरु ‘तेजस’ र ‘धाडक’ रहेको छ । 

उनले धाडकको सुटिङ सकाएर अहिले तेजसको सुटिङमा व्यस्त छिन् । यस्तै १० सेप्टेम्बरमा उनको जयललिताको बायोपिक ‘थलाइवी’ रिलिज हुँदैछ । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘धाडक’मा कंगना १० फरक–फरक भूमिकामा देखा पर्नेछिन् । फिल्ममा मानव तस्करको गिरोहसँग उनको कडा भिडन्त हुने भएकाले उनी फरक–फरक भूमिकामा देखा पर्न लागेकी हुन् ।