२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी मंसिर ८ गतेसम्मका मात्रै हौँः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ ।

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताउनु भयो । उहाँले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्ने आजको आवश्यक्त रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताउनु भयो । प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै खुशी व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्रको संरक्षण र संवद्र्धनको क्षेत्रमा प्रतिष्ठान क्रियाशील रहेको छ । यसरी प्रतिष्ठानले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्टिय समान प्रकृतिका प्रतिष्ठानसमेत संस्थागत रुपमा साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक पक्षलाई अघि बढाउन लागेको छ । आगामी दिनमा पनि यसलाई बिस्तार गर्दै लैजानुपर्ने खाँचो छ ।

कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना हुन् । समग्र देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मुलतः कुरा भनेको यस देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास दर्शन, सामाजिक शास्त्र आदि नै हुन् । अतः यी क्षेत्रको विकास भए देशको सम्पूर्ण विकास हुनेछ । देशको साहित्यिक, सांस्कृतिक क्षेत्रलाई सदृढ गर्नुपर्नेछ । उपत्यकाभित्र बसोवास गर्ने, प्रत्येक जाति, संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा हुन् । यिनको खोजि र प्रकाशन आजको प्रमुख आवश्यक्ता हो । जहाँसम्म प्रज्ञा प्रतिष्ठानको मंसिरसम्म म्याद छ । हाम्रो त मंसिर ८ गते गइहाल्छ, हेर्नुहोस् त्यस्तो छ ।’

प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताउनु भयो ।




भर्खरै