११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

आम निर्वाचनबारे केन्द्रिय सुरक्षा समितिमा छलफल सुरु

आम निर्वाचनबारे केन्द्रिय सुरक्षा समितिमा छलफल सुरु
अ अ+ अ-

काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ ।

सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो । चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनु भयो ।

उहाँले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताउनु भयो । केन्द्रिय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौति र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘खासगरी मंसीर ४ गते हुने निर्वाचनको सन्दर्भमा कसरी व्यवस्थापन गर्ने, तयारी के गर्ने भन्ने विषयमा प्रारम्भिक बैठक भएको हो । केन्द्रिय निर्वाचन सुरक्षा योजना बनाउँछौं हामीले । प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना भनेर हामीले सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहनेगरी सुरक्षा योजना बनाउँछौं । त्यसमा हाम्रो जनशक्ति कति चाहिन्छ ? त्यसको आँकलन पनि गरिन्छ । त्यसपछि निर्वाचनका चुनौतिहरु के–के हुन ? त्यसलाई सामना गर्ने उपायहरु पनि नीति तय गर्छौं ।’

बैठकमा गहसचिव टेकनारायण पाँण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी हुनु भएको थियो ।