२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमगन्जको एउटै गीतमा ३० लाख खर्च



अ+ अ-

काठमाडौं । २५ बर्ष देखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ ।  

कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइली  संगै अन्य एकहजार जना झुमेका  थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन ।

पहिलो  लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै  रोकिएको थियो । अहिले कडाउन केही लुज भए संगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ । चलचित्र युणिट सुरक्षित होस भनेरै सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने  चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।