११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेगरी लाग्न पार्टी पंक्तिलाई देउवाको आह्वान

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेगरी लाग्न पार्टी पंक्तिलाई देउवाको आह्वान
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले सो निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरको हेरिटेज गार्डेनमा सोमबारबाट सुरु भएको कार्यक्रममा बोल्दै उहाँले सो निर्वाचनमा पार्टीको पक्षमा जनताको समर्थन जुटाउने काममा लागन पनि पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । लोकतन्त्रमा जनताभन्दा ठूलो अरु कोही नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि जनताको साथ र समर्थन लिएर आफ्नो पार्टी विजयी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले सत्तारुढ गठबन्धन मिलेर निर्वाचनमा गएकाले स्थानीय तह निर्वाचनमा पार्टीले सफलता हात परेको स्पष्ट पार्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने तयारी गरिरहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पनि सफलता हात पार्नका लागि जनताको मन जित्नुपर्ने र त्यसका लागि स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने पटकपटक दोहो¥याउनु भयो ।

उहाँले भन्नु भयो, ‘एउटा विशिष्ट परिस्थितिमा मैले सरकारको नेतृत्व लिएको हुँ । कोभिडबाट जनताको जीवनलाई सहज बनाउने चुनौति पनि थियो । त्यस्तै देशमा सुशासन, लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावना अनुसार देशको शासन सत्ता चलाउने चुनौति पनि थियो । एमसीसीबारे व्यापक भ्रम सृजना गरिएको थियो । ती सबै समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले महत्वपूर्ण सफला हासिल गरेको हो । स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भएको छ ।

यो निर्वाचनमा नेपाली काँग्रेसले महत्वपूर्ण सफलता हासिल गरेको छ । अव हाम्रो ध्यान आगामी मंसीर ४ गते हुने आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने र नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन तपाईहरुको ठूलो भूमिका हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैले सम्पूर्ण पार्टी पंक्तिलाई जिताउनका लागि सक्रियताका साथ लाग्नुहुनेछ आम निर्वाचनमा ७४ सालमा हामी एक्लै चुनाव लडनुपर्ने स्थिति थियो ।

विपक्ष गठबन्धन बनेपछि हामीले पराजय हुनुपर्यो । यसपाली हामी गठबन्धन सरकारमा छौं । गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गरेका हौं । फेरी गठबन्धन गरेर जानका लागि हामीले छलफल गरिरहेका छांै । स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको मन जित्ने काम गर्नु पर्दछ ।

जुन ठाउँमा जनताका मन जितिएको छ, कामहरु भएका छन । त्यहाँ एक्लै चुनाव लडदा पनि सफलता पाएका छौं । त्यसैले आउँदा दिनहरुमा पनि सार्वभौमसत्ता सम्पन्न जनताको हितमा अव आउने चुनावमा जनताको समर्थन प्राप्त गर्नलाई पार्टीका सबै साथीहरुले त्यस काममा लागेर जनताको दिल जित्यौं भने हामीले अवश्य पनि चुनाव जित्नेछौं । जनताभन्दा ठूलो कोही छैनन् । उनीहरुको साथ, समर्थन लिनु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले कोभिड संकट समाधान गराउन, संवैधानिक मूल्यमान्यता अनुसार मुलुकलाई अघि बढाउन, एमसीसीबारे भएको भ्रम चिर्न आफू नेतृत्वको सरकारले महत्वपूर्ण सफलता हासिल गरेको दावी समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति धनराज गुरुङले पार्टीलाई आगामी आम निर्वाचनमा बहुमत नजिकको पार्टी हुने गरी विजयी गराउने काममा पार्टीबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो ।