रूपन्देही । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारले क्षेत्रीले योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आइतबारबसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–८ निवासी माओवादीका केन्द्रीय सदस्यसमेत रहेका क्षेत्रीलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले आयोगमा २ जना सदस्यसमेत मानोनित गरिएको छ । लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपुजन यादव चयन भएका हुन् ।
यस्तै, बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समितिसमेत गठन गरेको छ । जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकमकी दिलकुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् । बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्नेभएको छ ।
आइतबारको बैठकले भदौ मसान्त र असोज १५ गरि २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले बताए ।











