२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा किन जुटेन: नेता भट्टराई



file
अ+ अ-

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा पनि जुटाउनु पर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा नेता भट्टराईले लेख्नु भएको छ चुच्चे नक्शामा राष्ट्रिय सहमति जुटेको संसदमा नागरिकता विधेयकमा नजुटने सवालै छैन । खाँचो सकारात्मक पहलको मात्र छ ।

उहाँले लेख्नुभएको छ –

संबिधानले सबैको सीमा, कर्तब्य र अधिकार तोकिदिएको छ । नागरिकता बिधेयकका सन्दर्भमा संबिधानको धारा ११३ ले प्रदान गरेको अधिकारका आधारमा राष्ट्रपतिले नेपालको हितमा आफ्नो कर्तब्य र दायित्व निर्बाह गर्नु भएको छ । राष्ट्रपतिको यो कदमलाई राजनीतिक रङ्ग दिएर मुलुकलाई बिभाजित गर्नखोज्नु ठूलो भुल हुनेछ ।

राष्ट्रपतिद्वारा उठाइएका सवालमा राष्ट्रिय सहमति जुटाउने प्रमुख दायित्व सत्तारुढ गठबन्धनको हो । यसमा एमालेले बिनासर्त भूमिका खेल्ने छ । संघीय संसदमा फर्किएको नागरिकता बिधेयकलाई राष्ट्रपतिद्वारा उल्लेख गरिएका सवालमा सहमति निर्माण गर्ने दायीत्व सभामुख र राष्ट्रियसभाका अध्यक्षको पनि हो । वहाँहरुबाट यो भूमिकाको अपेक्षा गरिन्छ ।

चुच्चे नक्शामा राष्ट्रिय सहमति जुटेको संसदमा नागरिकता विधेयकमा नजुटने सवालै छैन । खाँचो सकारात्मक पहलको मात्र छ ।