९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

उपराष्ट्रपति पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस समारोहमा

उपराष्ट्रपति पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस समारोहमा
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आईतबार आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

काठमाडौं स्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताउनुभयो । उहाँले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना पनि गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले छ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एशियाको आर्थिक उन्नयनका निम्ति क्षेत्रीय शान्ति अपरिहार्य भएको बताउनुभयो ।

वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उहाँले दक्षिण एशियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठनका सभापति हिमालय शम्शेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारीस्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, उद्यमी, व्यवसायी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, कलाकार, साहित्यकार, वरिष्ठ सञ्चाकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । रासस