९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

मापसे गरेरै स्कुल बस सरर…

मापसे गरेरै स्कुल बस सरर…
अ अ+ अ-

काठमाडौं । स्कुल भन्ने बित्तिकै सबैको मनमा बोध हुन्छ विद्याको मन्दिर । बालबालिकाको पहिलो गुरु आफ्ना बाबुआमा हुन् भने दोस्रो पढाउने शिक्षक हुन् । विद्यालयलाई विद्या र बुद्धिको मार्गदर्शकका रूपमा सबैले लिने गरेका छन् ।

त्यही विद्यालयमा दैनिक विद्यार्थीलाई ल्याउने लैजाने बस पनि विद्याको मन्दिरकै एउटा भाग हो । त्यसमाथि सुन्दर भविष्यको सपना बोकेर स्कुल जाने धेरै विद्यार्थीको जीवन चालकको स्टेरिङमा अडिएको पनि हुन्छ ।

त्यस्ता भविष्यका कर्णधार बोकेर शिक्षाको मुहानमा पुग्ने स्कुल बसका चालक भने रक्सी (मदिरा) पिएर बस चलाउँछन् भन्दा अनौठो लाग्नु स्वाभाविक नै हो । काठमाडौँ उपत्यकामा यस्तै घटनाहरु फेला पर्दै आएका छन् । उक्त घटना हिजाे बिहान पनि दोहोरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना चालक भेटिए । प्रहरीले उक्त अभियान बिहान ५ः३० बजे ८ः३० बजेसम्म सञ्चालन गर्दा उनीहरु मादक पदार्थ सेवन ९मापसे० गरेको अवस्थामा फेला परेपछि कारबाही गरेको हो ।

यसरी मापसे गरेर बस चलाउने चालकहरुमा ओमेगा सेकेण्डरी स्कुल कुमारीपाटीको बा३क ९३५ नम्बरका बस चालक इन्द्रबहादुर श्रेष्ठ, टाइम इन्टरनेश्नल कलेजको बा १ क ९४५६ नम्बरका बस चालक राजकुमार श्रेष्ठ र त्रियोग हाइस्कुलको बा १ क ९३५६ नम्बरका बस चालक साङ्गेल शेर्पा रहेका छन् ।

त्यस्तै रेडियन्ट पब्लिक स्कुलको बा८च ९३८३ नम्बरका भ्यान चालक शिवकुमार क्षेत्री, ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुको बा१८च ९८०१ नम्बरका भ्यान चालक मनोज महर्जन र निटिज बोर्डिङ स्कुल कुपण्डोलको विएवी ००६४ नम्बरका भ्यान चालक भीमसेन नेपालीलाई समेत मापसे गरेर स्कुल बस चलाएको भन्दै कारबाही गरिएको छ ।

आजै मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमानुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्का चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जना स्कुल बसका चालकलाई समेत कारबाही गरिएको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान सञ्चालन गर्दै आएको छ । हालसम्म एक सय १७ वटा स्कुल बसका चालक कारबाहीमा परिसकेका छन् । तीमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ जना चालक छन् । रासस