• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   गिरीबन्धु टी–स्टेटका मजदूरले पाएनन् पारिश्रमिक ★   सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना ★   कसले बुझ्ला यात्रुका पीडा ★   भारतको क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला ★   गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार ९१ पुग्यो ★   पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखापर्‍यो: अध्यक्ष नेपाल ★   कोशीमा जसपा सांसद निर्मला लिम्बूले गरिन् अशोक राई पक्षमा सनाखत ★   सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल ★   सुकेधारामा पुरुषको शव फेला ★   छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन



काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाउनुभएको छ ।

मानवसेवा आश्रमको संरक्षक समेत रहनुभएको शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाउनुभएको हो ।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहनुभएका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि रु. ५२ हजार योगदान गर्नुभयो ।

उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो । उहाँले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराउँदै रमाउनुभयो ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवम् बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिना लगायत मानवसेवा आश्रमलाई प्रेम गर्नुहुने सहयोगी शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

आजको दिनसम्म आइपुग्दा करिब ७५०० जनाको उद्धार गरिसकेको छ भने आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा गरि करिब १५०० जना विभिन्न उमेर समूहका व्यक्तिहरु संरक्षित हुनुहुन्छ ।