२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका केन्द्रीय सदस्य यादवसहित ३५ जना अगुवा कार्यकर्ता एमाले प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादवसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक (मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुुँवर, रामभिखारी राय हुनुहुन्छ ।

उहाँहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिल कुमार घिमिरे पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

सोही कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमालेमा प्रवेश गर्नुभयो ।

त्यसैगरी, माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनकु अधिकारी, रामएकवाल कुँवर, धनपैत साह पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै, वाइसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दन प्रसाद उपाध्या, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव शंकर पोखरेलले नेपाली कम्युुनिष्ट आन्दोलनको मुख्य शक्ति को हो भन्ने कुरा स्थानीय निर्वाचनले निरूपण गरिदिएकाले सानातिना पार्टीमा अलमलिन आवश्यक छैन भन्नुभयो ।

महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार विकास र समृद्धिको बाधक भएकाले आगामी निर्वाचनमा पराजित गर्नुपर्ने वताउँदै नवप्रवेशीहरूलाई निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले प्रवेश गर्नुभएका माओवादी केन्द्रीय सदस्य रामसिंह यादवले राजनीतिक हुरीवतास चलेको समयमा माओवादी केन्द्रमा लागेर गल्ती गरेको भन्दै यादवले नेपालका कम्युनिष्टहरूलाई एकतावद्ध गरेर देश समृद्ध बनाउन एमालेले मात्र सक्छ भन्ने आफ्नो निष्कर्षमा पुगेको बताउनुभयो ।

विवेकशील साझा पार्टीबाट एमालेमा प्रवेश गर्नुभएका गणेश भण्डारीले एमालेबाट देश विकास र परिवर्तन सम्भव छ भन्ने लागेर पार्टी प्रवेश गरेको बताउनुभयो ।