२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीबाट फर्किनेहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गरिने (भिडियो)



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले उक्त कार्यक्रममा वैदेशीक रोजगार दाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताउनु भयो ।

मन्त्री कुँवरले वैदेशीक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताउनु भयो । मन्त्री कुँवरले कार्यक्रम कार्यान्वयन नआइ नकारात्मक कुराहरु गर्दा अरुण तेस्रो जलविद्युत आयोजना जस्तै हुने उदाहरण दिनु भयो ।

उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैर सहकारी संस्थाहरुलाई पनि जोडेका छौं । वैदेशीक रोजगार दाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ । विदेशबाट फर्किएकाहरुसँग पुँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन ।

उक्त कार्यक्रम कायान्वयनका सन्दर्भमा अरुण तेस्रो जस्तै हुन्छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन गर्न सबै मिलेर लाग्यौं । तत्काल कार्यान्वयनको तहमा पु¥यौं । वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग अन्तक्रिया गरेर अगाडि बढ्नुपर्छ ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताउनु भयो ।