२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम नेतृत्वको नेसपाले माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचन लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रककै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने भएको छ ।

माओवादी पार्टीबाट अलग भएको ७ वर्षपछि भट्टराईले आँखा चिन्ह होल्ड गर्दै माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिने भएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको हो । यसको औपचारिक घोषणा हुन बाँकी छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

यस्तै सीट बाँडफाँटका बारेमा भने छलफल हुन बाँकी रहेको बताइएको छ । नेसपा दल अलग्गै रहे पनि चुनाव चिन्ह भने माओवादीको कायम हुनेछ ।

सो सहमति बनेसँगै अब नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुने पनि पक्का भएको छ ।