२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः रुकुम पूर्व प्रहरीको गाडी दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

पाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो ।

उनको बाँके कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरु खतरामुक्त रहेको बताइएको छ ।