२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकताः राजेन्द्रकुमार केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको दौड प्रतियोगिताको शुभारम्भ गर्दै नेता केसीले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील क्लवले गरेका कार्यको सरहाना गर्दै नेता केसीले देश विकासको अभियानमा युवा वर्गमा रहेका सीप तथा क्षमता उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले अन्तर्राष्ट्रिय युवा दिवसले समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहनकुमार बस्नेतले सरकारको व्यवस्थापकीय कमजोरीले शिक्षित युवाले समेत आफ्नो योग्यता र क्षमता अनुसारको काम तथा रोजगारी नपाई विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

क्लबका पूर्वअध्यक्षत्रय नकुल हमाल ठकुरी, बालकृष्ण मैनाली र जगन्नाथ अर्याल तथा समाजसेवी कल्पना थापालगायतले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिताको खाँचो औँल्याउनुभयो । क्लबका सचिव मनोज राजभण्डारीले क्लबले युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्य लगायतका क्षेत्रमा कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

क्लबका अध्यक्ष रामकुमार बस्नेतले युवा वर्गलाई जीवनोपयोगी सीप र कौशलको विकास गरी उनीहरुको जीविकोपार्जन हुन सकेमा मात्र देश विकासमा सहयोग पुग्ने बताउनुभयो । यसैबीच पुरुषतर्फ पाँच किलोमिटर दौडमा दीपसन ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भई रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गर्नुभयो ।