४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानी आतंककारी हक्कानीको हत्या



अ+ अ-

काबुल । तालिबानका आत्मघाती हमलाका गडफादर भनिने कुख्यात आतंककारी रहिमुल्लाह हक्कानीको खोरासान प्रान्तमा आतंकवादी संगठन आईएसआईएसले हत्या गरेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित एक मदरसामा बम विष्फोटमा रहिमुल्लाह हक्कानीको हत्या भएको थियो ।

तालिबानले पनि शत्रुको कायरतापूर्ण हमलामा रहिमुल्लाहको मृत्यु भएको स्वीकार गरेको छ । विज्ञहरूका अनुसार रहिमुल्लाह हक्कानी तालिबानका लागि आईएसकेपी आतंककारीहरू विरुद्ध एक वैचारिक ढाल थिए। उनको मृत्युसँगै अब अफगानिस्तानमा दुवै आतङ्ककारी समूहबीच नयाँ युद्ध सुरु हुन सक्नेछ ।

रहिमुल्लाह हक्कानीलाई तालिबानका आन्तरिक मन्त्री शिराजुद्दीन हक्कानीको गुरु पनि मानिन्थ्यो। आक्रमणकारीले पहिला नै विष्फोटमा आफ्नो खुट्टा गुमाइसकेका र नक्कली खुट्टामा हिँडिरहेको तालिबानले जनाएको छ । उसले यो नक्कली खुट्टा भित्र विष्फोटक पदार्थ लुकाएर राखेका थियो ।

तालिबानले यो आफ्ना लागि ठूलो क्षति भएको बताएको छ । रहिमुल्लाह तालिबानका बलियो समर्थकमध्ये एक थिए। उनले लामो समय पाकिस्तानमा बिताएका थिए । उनले तालिबानलाई आईएसआईएस विरुद्ध लड्न प्रेरित गर्थे।

तालिबान र आईएसकेपीबीचको युद्ध तीव्र

यो हमलामा हकिमुल्लाहका निर्दोष बालकको पनि मृत्यु भएको बताइएको छ । हकिमुल्लाहमाथि विगतमा पनि आईएसले आक्रमण गरेको थियो, जसमा उनी जोगिएका थिए। यो हत्यापछि अब अफगानिस्तानमा तालिबान र आईएसकेपीबीचको युद्ध तीव्र हुनसक्छ ।

आईएसकेपीले हालैका दिनहरूमा अफगानिस्तानमा मस्जिद र अल्पसंख्यकहरू विरुद्ध धेरै आक्रमणहरू गरेको छ। यसमा सिख गुरुद्वारामा भएको आक्रमण पनि समावेश छ। सन् २०१४ देखि अफगानिस्तानमा सक्रिय आईएस आतङ्ककारीहरू अफगानिस्तानको तालिबानी सरकारका लागि सबैभन्दा ठूलो खतरा बनेका छन्।

हकिमुल्लाहलाई केटीहरूको शिक्षालाई समर्थन गर्ने तालिवानको उदार गुटमा गनिन्थ्यो। उनले हिजाबको कडा कार्यान्वयनको पनि विरोध गरेका छन् । पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले नै उनको सुरक्षा गर्ने गरेको तथ्यबाट हकिमुल्लाहको महत्त्वको अनुमान लगाउन सकिन्छ। विज्ञहरूका अनुसार यो नरसंहारले अब ठूलो संख्यामा तालिबान नेताहरूलाई आफ्नो सुरक्षा बढाउन बाध्य पार्नेछ। यो लडाईं अब तालिबानका लागि निकै महँगो सावित हुने भएको छ । एजेन्सी