२३ मंसिर २०८२, मंगलवार
,
Latest
राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम–तस्बिरहरु निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा देउवालाई एमालेको महाधिवेशनको निम्तो देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान प्रधानमन्त्रीको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध हदसम्मको कठोर कदम चाल्ने, धम्कि बाट नडराउने चीनमा १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध: प्रधानमन्त्री देउवा



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ । सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ । यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन,विकास निर्माणमा युवा सहभागिता,युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । यसलाई आगामी दिनमा अझ प्रवद्र्धन गरी बढी भन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ । त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु बताउनु भयो ।