९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ४२ हजार सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए । सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरि सङ्क्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । सोही अवधिमा केरलामा ७५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ । तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । 

प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ । महाराष्ट्रमा १३१ जनाको मृत्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।  

भारतमा अहिलेसम्म कूल तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो । 

अहिलेसम्म कूल तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । (रासस, एएनआई)