१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउँछः मन्त्री श्रेष्ठ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा आउँछः मन्त्री श्रेष्ठ
kf]v/f, @% ;fpgM kqsf/ e]63f6 sfo{qmddf dGqL >]i7 ;+:s[lt, ko{6g tyf gful/s p•ogdGqL hLjg/fd >]i7 ;dfhjfbL k|]; ;ªu7g sf:sLn] a'waf/ kf]v/f ljdfg:yndf cfof]hgf u/]sf] kqsf/ e]63f6 sfo{qmddf dGtJo JoQm ug'{x'Fb} tl:a/M /flwsf sF8]n÷/f;;
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

बुधवार समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नागरिक उडड्यन प्राधिकरणको सोमवारको बोर्ड बैठकले अंग्रेजी नयाँ वर्ष जनावरी १ तारिक अर्थात पुस १७ गते सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनु भयो ।

उहाँले विमानस्थल सञ्चालन गर्नुभन्दा पहिला रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल साइट स्थानान्तरण अनिवार्य रुपमा गर्नुपर्ने देखिएको बताउनु भयो । मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटान तत्काल अघि बढाउने निर्णय भइसकेको बताउनु भयो । उहाँले पोखराको फोहोर व्यवस्थापन गर्ने स्थान ल्याण्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताउनु भयो । पर्यटन मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिनुभयो ।

पोखराको ब्राण्डको रुपमा परिचित शाहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने बताउनु भयो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थलबारे के गर्ने भन्ने कुनै निर्णय नभएको तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित शाहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भएको बताउनु भयो ।

पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् । विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ । परीक्षण उडानका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ ।

डाँडा कटान गरेर निस्किएको माटोले ल्याण्डफिल साइट पुर्ने तयारी छ । तर पोखरा महानगरले पटक–पटक ल्याण्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिव २ किलोमिटर नजिकको ल्याण्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ । नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो । विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।