२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कार २०७८ का लागि अन्तिम आठ पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ । मदन पुरस्कार २०७८ का लागि अन्तिम आठ पुस्तकको सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीलाई २९९ पुस्तकहरू प्राप्त भएको थियो । ती पुस्तकहरुबाट मदन पुरस्कार २०७८ का लागि आठ पुस्तकलाई श्रेष्ठ सूचीमा राखिएको हो ।

सूचीअनुसार डा नवराज लम्सालको ‘अग्नि’, डा दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रिष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा नीलमणि ढुंगानाको ‘व्यूत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोशा)’, सुजित मैनालीको ‘सति–इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।

यी आठ पुस्तकमध्ये एक पुस्तकलाई २०७८ सालको मदन पुरस्कार दिइने मदन पुरस्कार गुठीले विज्ञप्ति जारी गरी बताएको छ ।