२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी



अ+ अ-

हेटौंडा । एमालेबाट विभाजित भई बनेको नवगठित दल नेकपा एकीकृत समाजवादीले वागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । 

नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

सरकार जोगाउने कुनै बाटो नभएको भन्दै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । 

यस्तै पार्टीले आफूलाई नै अगाडि सारेको र सत्तारुढ गठबन्धनमा पनि सहमतिको उम्मेदवार रहेको उनले दाबी गरे । 

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।