२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको बहिर्गमन अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ : तालिवान प्रवक्ता



अ+ अ-

एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिहुल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम राष्ट्र’ भएको घोषणा गरे ।

अमेरिकी सेनाले देश छोडेको केही घण्टापछि मङ्गलबार हामिद कार्जाई अन्तराट्रिय विमानस्थलबाट संवाददाताहरूसँग बोल्दै तालिबान नेता मुजाहिदले ‘तालिवान समूहको विजय अफगान सबैको विजय भएको’ बताएका अल जजिराले उल्लेख गरेको छ ।

“अफगानिस्तानको इस्लामिक इमिरेट्स स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्नेमा हामीलाई कुनै शंका छैन,” उनले भने ।

अमेरिकीहरूले “सैन्य परिचालनद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको दावी गर्दै आगामी दिनमा अफगानिस्तानले पश्चिमसँग ‘कूटनीतिक सम्बन्ध राख्ने’ बताएका थिए । 

अफगानीहरूले आफ्नो स्वतन्त्रता, स्वतन्त्रता र इस्लामी मूल्यमान्यताको रक्षा गर्ने उनले बताए । अफगानिस्तानबाट अमेरिकी सैन्य गठबन्धनको बहिर्गमन मङ्गलबार अमेरिकी समय अनुसार दिउँसो ३ः२९ बजे हामिद कार्जाई विमानस्थलबाट अन्तिम सी–१७ उडेसँगै सम्पन्न भएको हो ।