१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभाजनका पक्षमा नलाग्न एमाले महासचिवको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव र्ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । 

महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला  र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बनाउँदै गतिविधि सक्रिय तुल्याउन आग्रह गर्नुभयो । 

उहाँले नेता माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजनमा नलागी सङ्गठनको काममा लागेर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।

सो भेटमा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा सङ्घका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, स्थानीय नेता गणेश श्रेष्ठलगायतको उपस्थिति थियो । 

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय सङ्गठनको भेला आयोजना गरिएको हो । प्रदेशसभा सदस्य सिलवालले सबै किसिमका सहयोगका लागि आफू तयार रहेको बताउनुभयो ।