एजेन्सी । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने भएको छ ।
बीसीसीआईले दुई टिमलाई थप गर्दै १० टिम बनाउने निर्णय गरेको हो ।
यस क्रममा बीसीसीआईले दुई फ्रेन्चाईज टिमका लागि दरखास्त आह्वानसमेत गरेको छ । आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । तर, सन् २०२२ बाट १० टोलीले सहभागिता जनाउने भएका हुन् ।
कोरोना महामारीको कारण रोकिएको यस संस्करणको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । युएईमा आयोजना हुने आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।