काठमाडौं । नेपाल र भारतबीचका मैत्रीपूर्ण फुटबल प्रतियोगितामा दुवै डोज खोप लगाएको दर्शकले खेल हेर्न पाउने भएका छन् ।
यस्तै खेल हेर्न जानेले पीसीआर टेस्ट गर्नुपर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) जानकारी दिएको छ ।
उक्त खेलका लागि ५१०० वटा टिकट बिक्री भइसकेको एन्फाले जनाएको छ ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले खेलका लागि ५१०० टिकट बिक्री भइसकेको जानकारी दिएका हुन् ।
नेपालले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दैछ ।