२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिराले १२ घर जोखिममा



सांकेतिक तस्बिर
अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै आज बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । 

बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,” तिमिल्सिनाले भन्नुभयो । 

यसैगरी केही दिनदेखि परेको निरन्तर झरिका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् । 

टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा (एमाले) का जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो । 

जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ ।