२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन



अ+ अ-

एजेन्सी । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार ६७ वर्षको उमेरमा मिथिलेशले ३ अगस्टको साँझ लखनउमा अन्तिम सास लिएका थिए । उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए ।

रिपोर्टका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि उनी आफ्नो गृहनगर लखनउ सरेका थिए । ताकि उनले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकुन् ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा ‘भाइ भाइ’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे । उनले २०२० मा सिरिज स्क्याम १९९२ बाट आफ्नो डिजिटल डेब्यू गरे । यस्तै, उनी रंगमञ्चमा पनि निकै सक्रिय थिए । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेका नाटकमा अभिनय गरेका छन् ।