२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध



file
अ+ अ-

लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढालेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

उक्त कार्यालयका सूचना अधिकारी धिकारीले भन्नुभयो, “पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ । पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ । पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।”यता गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ देउरालीडाँडामा पहिरासँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ ।

बयालीस ४२ किलोमिटर लामो उक्त सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा आवत जातावत हुँदै आएको छ ।