१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित
file photo
अ अ+ अ-

उदयपुर । सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकीसम्ममा सो क्षेत्रका करिव एक हजार जनतालाई सुरक्षित स्थानमा राखिएको छ भने एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ गएका छन् ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोसीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालयमा लगेर राखिएको छ । यस्तै नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोसीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै एक हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।

उहाँका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन् । बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनतालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई विभिन्न सामाजिक सङ्घ संस्थाले पनि खाने कुरा र ओढ्ने उपलब्ध गराउनाका साथै नगरपालिका आफैंले पनि चाल, दाल, तेल तथा कपडा उपलब्ध गराएको उपप्रमुख राईले बताउनुभयो ।

बुधबार बिहानदेखि नै नगरपालिकाको सिसौली घाट, सातपत्रे, तपेश्वरी, श्रीलङका टापु, एबिसी टापु, डुम्रीबोट, सहितका ठूलो मानव बसोबास क्षेत्रमा सप्तकोसी नदीको पानी प्रवेश गरेपछि प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित नगरपालिकाका जनप्रतिनिधिले पीडित जनतालाई उद्धार गरेर अन्यत्र सार्ने कार्य गरेका थिए । कोशीको बाढी प्रबेश गरेका स्थलबाट जनताहरुको उद्धार गरिसकिएको र अहिले बाढीको बहाव पनि घटेर गएका कारण तत्काललाई खतरा टरे पनि त्यस स्थानमा नगरपालिकाका जनप्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका टोलीले निगरानी गरिरहेको नगरपालिकाले जनाएको छ ।

बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार परिवर्तन गरेर अन्यत्रबाट बग्न थालेपछि धार परिवर्तन गरेको स्थानमा मानिस बसोबास गर्न थालेकामा यस पटक ४० वर्षपछि कोसीको बाढी पुरानै बाटोमा फर्कंदा ठूलो सङ्ख्यामा बसोबास गर्ने जनता विस्थापित हुनुपर्ने अवस्था आएको छ ।अहिलेका लागि तत्काल खतराको सामाधन केही भए पनि भोलिका दिन कसरी काम गर्ने र विद्यमान समस्या समाधान कसरी गर्ने भन्नेबारे नगरपालिकाले तत्कालै स्थानीय प्रशासन, राजनीतिक दल, प्रहरी सेना र प्रदेश सरकारसँग छलफल सुरु गरेकोे छ ।