२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित



file photo
अ+ अ-

उदयपुर । सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकीसम्ममा सो क्षेत्रका करिव एक हजार जनतालाई सुरक्षित स्थानमा राखिएको छ भने एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ गएका छन् ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोसीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालयमा लगेर राखिएको छ । यस्तै नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोसीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै एक हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।

उहाँका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन् । बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनतालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई विभिन्न सामाजिक सङ्घ संस्थाले पनि खाने कुरा र ओढ्ने उपलब्ध गराउनाका साथै नगरपालिका आफैंले पनि चाल, दाल, तेल तथा कपडा उपलब्ध गराएको उपप्रमुख राईले बताउनुभयो ।

बुधबार बिहानदेखि नै नगरपालिकाको सिसौली घाट, सातपत्रे, तपेश्वरी, श्रीलङका टापु, एबिसी टापु, डुम्रीबोट, सहितका ठूलो मानव बसोबास क्षेत्रमा सप्तकोसी नदीको पानी प्रवेश गरेपछि प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित नगरपालिकाका जनप्रतिनिधिले पीडित जनतालाई उद्धार गरेर अन्यत्र सार्ने कार्य गरेका थिए । कोशीको बाढी प्रबेश गरेका स्थलबाट जनताहरुको उद्धार गरिसकिएको र अहिले बाढीको बहाव पनि घटेर गएका कारण तत्काललाई खतरा टरे पनि त्यस स्थानमा नगरपालिकाका जनप्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका टोलीले निगरानी गरिरहेको नगरपालिकाले जनाएको छ ।

बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार परिवर्तन गरेर अन्यत्रबाट बग्न थालेपछि धार परिवर्तन गरेको स्थानमा मानिस बसोबास गर्न थालेकामा यस पटक ४० वर्षपछि कोसीको बाढी पुरानै बाटोमा फर्कंदा ठूलो सङ्ख्यामा बसोबास गर्ने जनता विस्थापित हुनुपर्ने अवस्था आएको छ ।अहिलेका लागि तत्काल खतराको सामाधन केही भए पनि भोलिका दिन कसरी काम गर्ने र विद्यमान समस्या समाधान कसरी गर्ने भन्नेबारे नगरपालिकाले तत्कालै स्थानीय प्रशासन, राजनीतिक दल, प्रहरी सेना र प्रदेश सरकारसँग छलफल सुरु गरेकोे छ ।