• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

प्रधानन्यायाधीश राणा बिरुद्धको ‘अलपत्र’ महाअभियोग प्रस्ताब वारे सभामुखसंग बार एशोसिएशनको छलफल



काठमाडौं । नेपाल बार एशोसिएशनका केन्द्रिय पदाधिकारीहरुले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताबका बारेमा सभामुख अग्नी प्रसाद सापकोटासंग छलफल गरेको छ ।

बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे सहित पदाधिकारी तथा सदस्यहरुले सभामुख सापकोटासंग महाभियोग र न्यायपालिका समसामयिक विषयमा छलफल गरेको हो ।

२०७८ फागुन १ गते सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाभियोगको प्रस्ताब दर्ता गरेको थियो । प्रस्ताब दर्ता गरे पछि दलहरुले प्रक्रिया भने अघि बढाएका छैनन ।

याे पनि पढ्नुहाेस-प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनको २१ बुँदे अभियोग

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने नियतले मात्र महाअभियोग प्रस्ताब दर्ता गरेको आरोप दलहरु लाई लाग्दै आएको छ ।