१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता छैन : विष्णु पौडेल



अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकारलाई मुलुकप्रति कुने चिन्ता नभएको बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/०७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले सत्ता गठबन्धनलाई मुलुकको चिन्ता भन्दा कसरी सत्ता जोगाउने भन्नेमात्र चिन्ता रहेको बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धनमा राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा कुनै चासो नरहेको भन्दै यही गठबन्धन कायम रहेसम्म मुलुकका सबै क्षेत्र अस्तव्यस्त हुने उल्लेख गर्नुभयो । गठबन्धनकै कारण महँगी र भ्रष्टाचार बढेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले एमालेले मात्र मुलुकलाई सही दिशा निर्देश गर्ने जिकिर गर्नुभयो । एमाले सरकारबाट हटेपछि मुलुकमा देखिएको बेथितिले पनि एमालेले मात्र सही ढंगले मुलुकको नेतृत्व गर्नसक्ने प्रष्ट भएको उहाँँको भनाइ थियो ।